भण्टाबारी । सशस्त्र प्रहरी बल बिओपी श्रीपुरले प्रतिबन्धित लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याइएको लागूऔषध डाइलेक्स डिसी सुनसरीको कोशी गाउँपालिका-५ स्थित कुम्याहीबाट शुक्रबार बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी श्रीपुरका इन्स्पेक्टर पूर्ण दाहालले जानकारी दिए । अपरिचित व्यक्तिले भारतबाट लुकिछिपी ल्याएको डाइलेक्स डिसी २२० बोतल सीमा क्षेत्रबाट बरामद गरे पनि लागूऔषध बोक्ने व्यक्ति लागूऔषध छाडेर भारततिर भागेको उनको भनाइ छ । पछिल्लो समय सुनसरीमा प्रहरीले सक्रियता बढाएपछि लागूऔषध कारोबारी दिनहुँजसो पक्राउ पर्दै आएका छन् ।