धरान । ज्यान मार्ने उद्योग मुद्दामा फरार आरापीलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार इटहरी–९ का हर्के भनिने आदर्श चौधरीलाई पक्राउ गरिएको हो । उनलाई असोज २८ गते पक्राउ गरी जिला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

आरोपी चौधरीले २०७४ असोज १४ गते इटहरी–८ का ३२ वर्षीइ विपिन कार्कीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । इटहरीको बिजुली अफिसबाट इटहरी चोक जाने क्रममा इटहरी–९ ग्रिनपिस बोर्डिङ स्कुलको छेउमा पुग्दा चौधरीसहित ४–५ जनाको समूहले बाटो छेकेर कार्कीको टाउँकोमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका थिए ।

उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।