विराटनगर । ठगी आरोपमा पक्राउ परेका विराटनगरस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का संचालक ३२ वर्षिय प्रमोद स्वर्णकार (सोनी) दुई लाख रूपैयाँ धरौटिमा छुटेका छन् ।

मोरङ अदालतका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटिमा छोडन बिहीबार आदेश दिएका हुन् । अदालतले तोकेको धरौटि रकम बुझाएर सोनी बिहबार छुटेका छन् ।

अस्टे«लियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग साढे ३६ लाख रुपैयाँ गठी गरेको आरोपमा सोनी असोज १५ गते पक्राउ परेका थिए । मनिषका बावु कुलदिप चौधरीले ठगीमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार सोनी विरूद्ध मोरङ अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।

सरकारी वकिलको कार्यालयले सोनी विरूद्ध ३६ लाख ५० हजार रुपैयक्षा क्षतीपूर्ती सहित ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको मागदाबी राख्दै अदालतमा अभियोग दर्ता गरेको जिल्ला सहयाक न्यायाधीवक्ता मुकुन्द कुमार रेग्मीले जानकारी दिए । अदालतमा अभियोग दर्ता भएपछि बिहीबारदेखि थुनछेक बहस सकिएपछि आदेश आएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

काठमाण्डौं ‘इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबल’ को फ्रेन्चआईची लिएर प्रमोदले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूबाट अधिकतम शुल्क असुल्दै ठगी गर्दै आएको आरोप लागेको छ । मनिषका बावु कुलदिपसँग विभिन्न मितिमा सोनीले पटक–पटक गरि ३१ लाख रुपैयाँ लिएपछि अध्यनसँगै मासिक ३ लाख ५० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै २०७५ फागुन १९ गते अस्टे«लिया पठाएका थिए ।

अस्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि उनलाई पठाएका थिए । आकर्षक जागिर हुन्छ भनेर सोनिले पठाएको मनिषले रोजगार नपाएपछि धेरै समस्या पाएको उनले बताए । ‘पठाइसँगै मासिक ३ लाख ५० हजार हुन्छ भनेर ३१ लाख रूपैयाँ बुझाएर अस्टे«लिया गएको थिए,’ मनिषले अस्टे«लियामा पाएको दुःखेसो सुनाउँदै उनले भने, ‘कन्सलटेन्टिले भनेजस्तो काम पनि पाइन् । धेरै दुःख पाएपछि ८ महिनापछि स्वदेश फर्किए ।’

भने जस्तो काम र पढाई समेत संभव नभएपछि २०७६ कार्तिक १२ गते परिवारले मनिषलाई स्वदेश फिर्ता ल्याएको मनिषका बुबा कुलदिप चौधरीले बताए । अस्ट्रेलियामा बिजोग भएपछि घरबाटै पठाएको पैसाको भरमा बसेका मनिसलाई फिर्ता ल्याउनका लागि ३ लाख ५० हजार रुपिँया समेत खर्च भएको उहाँको भनाई छ ।

यता प्रोमदलले आर्कषक रोजगारी नभनेको र पढाइको लागि मात्र अस्टे«लिया पढाइदिएको बयानमा उल्लेखछ ।