उर्लाबारी । उर्लाबारी नगरपालिकाबाट प्रदान हुने सवै सेवा सोमबार देखि केही दिनको लागि बन्द हुने भएका छ  ।

कोभीड–१९ को संंक्रमण नगरपालिका नगर प्रमुख सहितका केही कर्मचारीहरुमा देखिए पछि संंम्पर्कमा रहेका जनप्रतिनिधीहरुको पनि स्वाब“ संकलन गर्ने कार्य शुरु गरीएकोले स्वाब“को रिर्पोट नआए सम्मको लागि असोज २६ गते देखि नगरपालिका सहित सवै वडा कार्यालय बन्द गरीने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरीएको छ ।

चार दिन अघि नगर प्रमुख खड्ग फागोका सवारी चालक ईन्द्र आपागाँईमा कोरोना संक्रमण भए पछि होम क्वारेनटाईनमा बसेका नगर प्रमुख फागो सहित नगरका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कामा पनि कोरोना प्रमाणीत भएको थियो ।

नगरका जनप्रतिनिधी तथा कर्मचारीमा संक्रमण देखिए पछि संम्पर्कमा रहेका जनप्रतिनिधी सहित कर्मचारीहरुको समेत पिसीआरको लागि आईतबार स्वा“ब संकलन गरीएको र सो को रिर्पोट नआए सम्मको लागि जनसंम्पर्कमा जान नहुने भएकोले सेवा बन्द गर्न आवश्यक भएको बताउदै“ नगर प्रमुख फागोले बढीमा तिन सम्ममा बन्द हुन सक्ने बताएका छन ।

उता नगरपालिकामा आईतबार ९८ जना जनप्रतिनिधी तथा कर्मचारीहरुको पिसीआरको लागि स्वाब संकलन गरी परिक्षण गर्न प्रादेशिक प्रयोगशालामा पठाईएको स्वास्थ्य शाखाका सह–संयोजक रेनुकाप्रसाद काफलेले बताएका छन । नगरमा हाल सम्म ३२ जना संंक्रमित बनेका  र एक जनाको निधन भएको बताउदै“ सहसंयोजक काफलेले कन्ट्राक्ट ट्रेसिङलाई अझ प्राथमिकताका साथ कार्य गर्ने बताएका छन ।