धरान । भारतको उत्तर प्रदेश राज्यको गोंडा क्षेत्रको एक मन्दिरका पुजारीमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर बनेका छन् ।

आउटलुकका अनुसार गोंडाको कोतवाली इटियाथोक क्षेत्रको राम जानकी मन्दिरका पुजारी अतुल बाबा उर्फ सम्राट दासमाथि गोली प्रहार भएको हो । घटना आइतबार बिहानको राति करिब २ बजेतिरको हो । दुई गोली लागेका उनलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भव नभएपछि लखनऊ रेफर गरिएको छ ।

उनी दुई वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा काम गर्दै आएका थिए । उनीमाथि गोली प्रहार हुनुको कारण भूमाफियाको हात हुन सक्ने बताइएको छ । आइतबार बिहानको राति केही मानिसहरू आएर गोली चलाएका थिए । घटनाको पछि मनोरमा उद्गमस्थलको सम्पत्तिका विषयलाई लिएर विवाद चलिहरेको थियो । सोही घटनालाई लिएर महन्त सीताराम दासमाथि पनि आक्रमण भएको थियो । प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य जारी राखेको छ भने हत्याको प्रयास गरेको भन्दै उजुरी दर्ता गरिएको छ ।

केही समयअघि राजस्थानको करौलीमा पनि पुजारीमाथि आक्रमण भएको थियो । जहाँ पुजारीको ज्यान गएको थियो । राजस्थानको करौलीमा पनि जग्गाको विषयलाई लिएर पुजारीलाई जिउँदै जलाएर हत्या गरिएको थियो । पुजारीको बिहीबार राति उपचारको क्रममा निधन भएको थियो ।