ब्लाष्टखबर । विभिन्न बहाना बनाइ ठगी गर्ने इटहरीकाे भोजपुरे ज्वेलर्सका संचालक इनरूवाबाट पक्राउ परेका छन् ।

बिभिन्न बहाना बनाएर मानिसहरूसंग पैसा लिने र फिर्ता माग्दा पैसा नभएकाे खाली चेक दिएर ठगी गर्ने ईटहरी उमनपा वडा नं. ०९ भोजपुरे टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ को माधब रिसाललाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलिले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । 

कार्यलयका अनुसार रिसाललाई  प्रहरीले ईनरुवा ०३ सखुवागाछि एरियामा लुकिछिपि बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरेकाे हाे । पक्राउ परेका उनि माथि मुलुकी अपराध (संहिता) ऐन २०७४ वमोजिम ठगी गरेको अभियोगमा प्रकृया बढाईएको उक्त कार्यालयले जनाएकाे छ ।