ब्लाष्टखबर ।  १८ दिन कैद र २ हजार जरिवाना फैसला भएका लागुऔषध मुद्दाका फरार अभियुक्त ४ वर्ष पछि पक्राउ परेका छन् ।

बिराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३७ को राजू पासमानलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

जिल्ला अदालत मोरङले ०७३ साल असार ३ गते १८ दिन कैद र २ हजार जरिवाना गरेको पासमानलाई बुधबार साेहि वडाकाे भट्टीमोड चोकबाट  प्रहरीले पक्राउ गरि आवश्यक कार्वाहीको लागि जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको कार्यालयले जनाएको छ