भद्रपुर । लागूऔषध सहित एक भारतीय युवालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ९ नरियाबारीमा डेरागरी बस्ने बर्ष ३४ को कृष्ण रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड ३ सैनिक मोडमा बुधबार साँझ ६ ग्राम ५ सय मिलीग्राम ब्राउनसुगर फेला पारिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

शङ्का लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा बरामद गरि रायलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको उनले जानकारी दिए ।