विजयपुर । धरान–११ की सुनिहाङ्गमा लिम्बु मृत्यु प्रकरणमा पक्राउ परेका ४ जना बुधबार धरौटीमा छुटेका छन ।

सुनसरी जिल्ला अदालतले उनीहरु ४ जनालाई नै जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाडेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्दब्रहादुर बस्नेत जानकारी दिए । छुट्नेहरुमा मृतकका ससुरा ६१ वर्षीय भीम माबो, आमाजू २८ वर्षीया सन्जु माबो, २५ वर्षीया विमला माबो र देवर २० वर्षीय हेमकुमार माबो रहेका छन ।

सुनिहाङ्गमाको मृत्यु संकास्पद भएको भन्दै माइती पक्षले हत्याको दाबी गर्दै उनीहरु सुनिहाङ्माका पति आइत माबो सहित उनको परिवारका ५ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

सरकारी वकिलको कार्यालयले पोष्टमार्टम रिपोर्टसहित प्रहरी अनुसन्धानको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा आइतबार अभियोग दर्ता गरेको थियो ।