ब्लाष्टखबर । मोरङ जिल्ला प्रहरीले करिब एक लाख ८० हजार बराबारको अवैध निकासी हुदै गरेको सेतो मटर बरामत गरेको छ ।

जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर १ गडेरिया स्थित श्याम मण्डलको घरबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ८० हजार बराबरको ९० बोरा सेतो मटर बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त मटर दशगजा इलाकाबाट अवैध रुपमा भारत तर्फ चोरी निकासी हुनलागेको भन्ने सुचनाका आधारमा उक्त स्थानमा प्रहरी टाेली परिचालीत हुँदा साे परिमाणकाे मटर बरामत गरेकाे हाे । 

बरामद गरिएको मटर आवश्यक कारवाहीका लागी विराटनगर स्थित मुल भन्सार कार्यालय रानीमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।