ब्लाष्टखबर । परपुरूषसंग सम्बन्ध राखेकाे भन्दै श्रीमतीलाई दिसा खुवाएर गाउँ डुलाउने श्रीमान पक्राउ परेका छन् ।
हुम्लाकाे सिम्काेट गाउँपालिकाकी २३ वर्षीय महिलालाई शुक्रबार श्रीमान र गाउँका अन्नयमिलेर कपाल मुडेर, कालाेमाेसाे दलेर, दिसा खुवाएर गाउँ डुलाएकाअाराेपमा श्रीमान सहित घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिएका छन्।
पिडित महिलालाइ गाँउका अन्य केहि मानेकाे सहयाेगमा उद्दार गरि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय लगि महिला तथा बालबालिका सेवा केन्द्र काे संरक्षणमा राखिएकाे डीएसपी सुवेदीले बताएका छन् ।
पर-पुरुषसँग प्रेम सम्बन्ध राखेकाे आराेपमा उक्त घटना भएकाे भएपनि महिलाले भने कसैसंग सम्बन्ध नरहेकाे बताउने गरेकाे डीएसपी सुवेदीले जानकारी दिए।
































