ब्लाष्टखबर । नेपाल रेल्वे कम्पनीकाे १ सय २९ काेटामा जागिर खानका लागी ३२ हजार जनाले आवेदन दिएका छन् ।

विभिन्न पदमा १ सय २९ कर्माचारीकालागी आवेदन माग गरेकाेमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् । 

महाप्रबन्धक  भट्टराईले ट्विटरमार्फत ३२ हजार आवेदन आएकाे बताउदै, उनले सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट नगरिने पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुने र दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरि कर्मचारी छनैट गरिने बताएका छन् ।

नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले भदौ २९ गते विभिन्न पदमा १ सय २९ जनाको लागि आवेदन माग गरेको थियो । Capture