ब्लाष्टखबर । धरानका निजि विद्यालयका अभिभावकहरूले  माहामारीकाे अवस्थामा अभिभावक र विद्यार्थीहरुले भोग्नु परेका शैक्षिक, भर्ना र शुल्क सम्बन्धि समस्याकाे सम्बाेधन गर्न अनुराेध गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

धरान स्थित केके इन्टरनेसनल, विष्णु मेमाेरियल, नवाेदय, सियाेन लगायतका विद्यालयमा अध्यनरत विद्यार्थीका करिब ८० जना अविभावकहरूले उपमहानगरपालिका नगरप्रमुख तिलक राई ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझाउन उपमहानगर पुगेका विनाेद तिमल्सिनाका अनुसार  केहि विद्यालयले अध्यान नै गरेकाे समयकाे मासिक शुल्क र बार्षिक माग्न थालेपछि अविभावकहरू समस्या सामाधाका लागी ज्ञापनपत्र बुझाउन आएकाे बताएका छन् । उनका अनुसार  बिद्यालयले बैशाख देखिकै मासिक शुल्क तथा वार्षिक शुल्कको नाममा लिँइने भर्ना शुल्क तिर्न दबाब दिदै आएका छन् ।

उनले भने 'चैत देखि लकडाउन छ । हाम्रा विद्यार्थीले पढ्न पाएका छैनन् । केहि विद्यालयले असाेज १ गतेबाट अनलाइन कक्षा संञ्चालन गरेका छन्, केहिले अघिबाट अनलाइन कक्षा संञ्चालन गरेकाे भएपनि कक्षामा अध्ययन गरे जसरी विद्यार्थीले पढ्न पाएका छैनन्  । तर अविभावकहरूलाइ बैशाख देखिकै शुल्क मागिरहनु भएकाे छ । भर्ना गर्न दवाब दिनु भएकाे पनि बुझियाे । '

महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प हुँदा अविभावकले शुल्क तिर्न सक्ने अवस्था नरहकाे भन्दै उनले विद्यालयले अनलाइन कक्षा संञ्चालन गरेयता पनि महामारी अघिकाे अवस्थामा लिइने शुल्कपनि लिन नमिल्ने बताएका छन् । उनले भने ' अनलाइन कक्षा १ देखी ३ घण्टाकाे छ त्याे पनि विद्यालयमा जसरि पठाइने जस्ताे प्रभावकारी हुदैन, छैन पनि यस्ताे अवस्थामा हामीले कसरी पुरै फि तिर्ने ?  '

तिमल्सिनाले नगरप्रमुख राईलाई अभिभावकहरूले विद्यालयले अनलाइन कक्षा संञ्चालन गरेयता नाफा कमाउने गरि भन्दा पनि शिक्षकलाइ तलब दिन मिल्ने गरीमात्र शुल्क तिर्न सकिने सुझाव दिएकाे बताएका छन् ।  उनले मेयर राईले आफूपनि अभिभावक भएकाेले अभिभावककाे समस्या राम्राेसंग बुझेकाे र अभिभावक कै हितमा निर्णय हुने बताएकाे जानकारी गराएका छन् ।