ब्लाष्टखबर । देशभर बुधबार १ हजार १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६७ हजार ८ सय ४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या १ हजार ८ सय ९३ छ। हालसम्म नेपालमा ४९ हजार ९ सय ५४ संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ। जसमध्ये ८ हजार २ सय २८ संस्थागत आइसोलेसनमा र ९ हजार १ सय ८६ होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टायता ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण भएको छ।

हाल आइसीयूमा २ सय २० जना भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टायता ७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ।