धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको औरी ३ बस्ने ५० बर्षीय एक कोरोना संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको छ ।

मृतक पुरुषलाई उल्टी हुने, टाउको दुख्ने र छारे रोगको लक्षण देखाउने र मस्तिष्क पक्षघात भएपछि उपचारकालागि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकोक्रममा प्रादेशिक प्रयोगशालामा पिसिआर जांच गर्दा कोरोना पोजेटिभ देखिएपछि भदौ ६ गते प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनको कोभिड अस्पतालको आइसियुमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले जानकारी दिए । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार हुदाहुदै ृत्यु हुनेको संख्या ३१ पुगेको छ । संक्रमित मृतको शव व्यबस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।