ब्लाष्टखबर । जनकपुरबाट भारतकाे जयनगरसम्म संञ्चालनका लागि नेपालले भारतबाट खरिद गरेको रेल सेट जनकपुर आइपुगेकाे छ । रेल जनकपुर आइपुगे संगै त्यहाँ स्थानियमा उत्साह थपिएकाे छ ।

नेपालमा रेल सेट आउने भएपछि बिहानै देखि रेल हेर्न रेल्बे ट्रयाक तथा स्टेसनमा मानिसहरूकाे भिड लागेकाे थियाे । बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलसँगै फोटो लिइरहेको देखिन्छन्।

दिउसाे करिव २ बजे आइपुगेकाे रेल सेटकाे हस्तान्तरण भने शनिबार हुने भएकाे छ । परिक्षण पछि भाेली औपचारिक कार्यक्रममा भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।