ब्लाष्टखबर । विराटनगर स्थित कोशी अस्पतालमा एक पुरूषकाे मृत्यु पछि काेराेना संक्रमण पुष्टि भएकाे छ । 

बुधबार अस्पतालकाे आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका ६ का ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाे कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवले बताएका छन् ।

यादवका अनुसार भर्ना भएकाे करिब १ घण्टा भित्र मा मृत्यु भएकाे थियाे । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि लाइफगार्डबाट रेफर भएका मृतककाे आज बिहान आएकाे रिपाेर्टमा संक्रमण देखिएकाे हाे ।