ब्लाष्टखबर । चार वर्षे कार्यकाल पुरा गरी  बिदाइ भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनैपनि कुरा विकल्परहित नहुने बताएका छन् । मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ साे कुरा बताएका हुन् । 

उनले कार्यक्रममा यस अघि प्रधिकरणमा काे आयो को गयो कसैलाई थाँहा नहुने अवस्था रहेकाे बताउँदैअहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्ने पनि बताएकाे अन्नपुर्णपाेष्टले उल्लेख गरेकाे छ ।  पाेष्टले  घिसिङलाइ उद्ध्रित  ' कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन। ' जनाएकाे छ ।

विदाइ कार्यक्रममा घिसिङले अाफ्नाे कार्यकालमा त्यस अघि भन्दा ज्यादा काम भएकाे बताएका छन् । उनले १८ घण्टा लाेडसेडिङबाट मुक्त गराएर उज्यालो नेपाल बनाएको विषयको सम्झना गर्नुका साथै कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका बताएका छन् । घिसिङले आफूलाई सहयोग गर्ने सबैको सम्झना गरेका छन्।