विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षिय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो ।
स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएको उनको शुक्रबार राती स्वास्थ्यमा थप समस्या आएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
मृतकको गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु हुनेको संख्या चार पुगेको छ । हालसम्म मोरङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।