पाँचथर / भदौ १० मा पाँचथर कारागार चलान भएका एक कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ ११ मा उनको स्वाब संकलन गरी परिक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले बताए । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या छ पुगेको छ ।
तीमध्ये चार जनाको मोरङको गोठगाउँस्थित कोरोना उपचार केन्द्रमा र बाँकि दुई जनाको जिल्लामै उपचार भइरहेको बताइएको छ । जिल्लामा कूल संक्रमितको संख्या भने १४ पुगेको छ । तीमध्ये आठ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।