धरान/धरानमा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुनेमा धरान-१९ का पुरूष र धरान-१० की महिला छिन् । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा धरान-१९ का ३१ बर्षीय पुरूष र धरान-१० की २३ बर्षीया महिलामा संक्रमण पुष्टि भएकाे धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।