धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा सिरहाको एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाका संक्रमित ६५ बर्षीय वृद्धको सोमबार राती ८ः४५ बजे मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्ने भएको साथै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि उनलार्इ भदाै १० गते बिराट मेडिकल कलेजबाट बीपी प्रतिष्ठानमा रिफर भएको बताइएको छ ।
सापकोटाका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेह दिर्घरोगी रहेको उनको भदौ ९ गते संक्रमण पुष्टि भएको थियो । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।