धरान । कोरोना सङ्क्रमणका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
नयाँ दिल्लिस्थित आरआर सैनिक अस्पतालमा उपचाररत मुखर्जीको सोमबार निधन भएको हो । केहीदिन यता कोमामा उपचाररत ८४ बर्षीय मुखर्जीलाई अगष्ट १०मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मुखर्जीका छोरा अभिजितले ट्वीटर मार्फत आफ्ना बुवा वितेको जनाएका छन् । सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति रहेका मुखर्जी मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए । भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्वीटर मार्फत मुखर्जीको निधन एउटा युगको अन्त्य भएको लेखेका छन् ।