धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेमा बीपी प्रतिष्ठानमा कार्यरत सेक्युरिटी गार्ड ३८ बर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ बर्षीय पुृरुष, धरान-१० बस्ने ३३ बर्षीय पुरुष र धरान-१८ का ५२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।