ब्लाष्टखबर । इटहरी उपमहानगरपालिकामा इलाका प्रहरी कार्यालय इटहरी र शशस्त्र प्रहरीमा सहित ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
संक्रमितहरू मध्याे इलाका प्रहरी कार्यालय इटहरीका २, शशस्त्र प्रहरीका १ जना, उपमहानगरपालिकाकाे ४ नम्बर वडाका ३ जना र वडा नम्बर ५, ७ र १४ का १–१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे इटहरी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १५ जना पुगेको छ ।