ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला सवास्थ विज्ञान प्रतिष्ठानमा सिराहाका काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

अत्याधिक खाेकी, ज्वराे तथा स्वास्प्रस्वासमा समस्या रहकाे भदैया ६ का ८४ वर्षीय बृद्धकाे मृत्यु भएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले बताएका छन् । सापकाेटाका अनुसार भदाै ६ गते  उपचारकालागी प्रतिष्ठान आएका उनमा ७ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उपचारका क्रममा शुक्रबार राति ११ बजे उनकाे मृत्यु भएकाे हाे ।

मृतकमा  मृगौलाको  दिर्ग कालिन समस्या भएको र डाइलासिस गरेको सापकाेटाले बताएका छन् ।  नियम अनुसार शवकाे व्यावस्थापनकाे काम भइरहकाे सापकाेटाले जनाएका छन्