ब्लाष्टखबर । धरानमा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित मध्ये १ जना समुदायका २ जना बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका कर्मचारीका आफन्त र  ३ जना एन्फा क्वारेन्टाइनमा खटिएका नेपाली सेना रहेका छन् । 

पछिल्लाे समय गरिएकाे संक्रमितहरूकाे कन्ट्याक ट्रेसिङका आधारमा आज धरान १७ कि १ जना ३९ बर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, एन्फा क्वारेन्टिनमा सुरक्षार्थ खटिएका २६ बर्ष, २५ बर्ष र २७ बर्षका सैनिकहरुमा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।

उनका अनुसार बीपी प्रतिष्ठानकाे  हेल्थ एडका २ जना आफन्तमापनि काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरूमा १ जना मेडिसिन युनिट ३ मा कार्यत हेल्ड एडकी १० बर्षीय भाञ्जि र प्रतिष्ठानको टि.बि.ल्याबमा काम गर्ने हेल्थ एडकै १७ बर्षीय छाेरामा संक्रमण देखिएकाे हाे ।  उनिहरू प्रतिष्ठान भित्रकै आवासमा बस्ने गरेकाे र कन्ट्याक ट्रेसिङकै आधारमा उनिहरूकाे स्वाब परिक्षण गर्दा संक्रमण देखिएकाे मेहताले बताएका छन् । 

याेसंगै धरान उपमहानगरपालिकामा संक्रमितकाे संख्या १४० पुगेकाे छ । मेहताका अनुसार याे संख्या प्रतिष्ठान भित्रका कर्मचारी र तिनका आफन्तमा देखिएकाे संक्रमितहरूकाे संख्या सहितकाे हाे ।