ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा ९ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १६ हजार १९ जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।

२४ घण्टामा १ सय ६९ जना निकाे भएर घर फर्केका छन् ।  हाल सम्म निकाे हुनेकाे संख्या २० हजार २ सय ४२  पुगेकाे छ ।  मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा १२ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय ९५ पुगेकाे छ ।