ब्लाष्टखबर । उद्योगपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएकाे बताएका छन् । उनले आफ्नो ट्विटरमार्फत कोरोना संक्रमण पुष्टि भएकाे बताएका हुन् । उनले उक्त एक ट्विट मार्फत कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । ट्विटमा डाक्टरको सल्लाह अनुसार आफू आइसोलेसनमा बसेको बताउदै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह पनि गरेका छन् ।