ब्लाष्टखबर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित मोरङकी एक महिलाको मृत्यु भएको छ ।
मोरङ बढीगंगा २ की ६७ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
साउन २५ गतेदेखि अत्याधिक खोकी, ज्वरो, श्वास फेर्नमा समस्या भएकोले विराट मेडिकल कलेज विराटनगरमा भर्ना भएकी थिइन् ।
उनलाई भदौ २ गते विराट मेडिकल कलेज विराटनगरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर भई आएकी थिइन् ।
उनको साँझ पौने ५ बजे निधन भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।