ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा ८५ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । याे संगै निकाे हुनेकाे संख्या १७ हजार ५ सय ८० पुगेकाे छ । हाल १० हजार ५ सय ६३ जना संक्रमित अाइसाेलेसनमा उपचाररत छन् ।
मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ७ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय १४ पुगेकाे छ ।