दमक । दमकमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । जस मद्ये ४ जना क्वारेण्टाईनमा बसेका पुरुष रहेको अन्य ३ जना समुदाय स्तरमा देखिएको दमक नगरपालिकाको क्वारेण्टाईन व्यवस्थापन समितीका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिए ।

भारतबाट आएर दमक ४ स्थित दाहाल प्रतिष्ठानमा बसेका ४ जना पूरुषको स्वाव संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसै गरि दमक ३ का एकै परिवारका दुई जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरु आफन्तको उपचारका लागि चितवन गएको र फर्केपछि नगरपालिकाले स्वाव संकलन गरेको थियो ।

संकलित स्वावको मंगलबार रिपोर्ट पोजेटिभ आएको हो । स्वाव संकलन गरेपछि उनीहरु घरबाट बाहिर  हिडडुल नगरेकोले  कन्ट्रयाक ट्रेसिङमा समस्या नहुने  नगरपालिकाले जनाएको छ । त्यसै गरि दमक ५ का एक जनामा  पनि संक्रमण देखिएको छ । उनको कुनै पनि ट्राभल हिस्ट्र नै नभएको   भट्टराईले बताए ।

यो सहित दमकमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने १४ जना निको भएर घर फर्किसकेका छन् । अहिले दमक नगरपासिलकाले लक डाउन गरेर स्वाव संकलनको दायरालाई फराकिलो बनाइरहेको स्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिए ।