विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टरसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोट अनुसार १ चिकित्सक, १ नर्स र दुई जना फार्मेशीका कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारयण दाहालले जानकारी दिए ।

मंगलबार थपिएका चार सँगै नोबेलमा संक्रमितको संख्या १८ जना पुगेको छ । यस अघि चार जना डाक्टर, ६ जना स्टाप नर्स, २ जना अस्पतालका कर्मचारी, २ फार्मेशीका कर्मचारी रहेका छन् ।

हालसम्म अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरि ५ सय ४८ स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । जसमध्ये ३ सय २४ जनाको रिपोट आउन बाँकी रहेको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए । उनका अनुसार एक जना कोराना जितेर डिस्र्चाज भएको पनि जानकारी गराए ।