ब्लाष्टखबर । धरान १३ का एकै घरका २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस अघि परिवारकाे सदस्यलाय काेराेना संक्रमण पुष्टि भएसंगै कन्ट्याक ट्रेसिङको आधारमा गरिएकाे स्वाब परिक्षणमा साेहि परिवारका थप २ जननमा संक्रमण देखिकाे धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।

आज संक्रमण पुष्टि हुनेमा ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा रहेका छन् । उनिहरू यसअघि संक्रमित भएका व्याक्तिका बुबा र श्रीमती रहकाे मेहताले बताएका छन् ।

परिवारका अन्य सदस्यकाे रिपाेर्टमा भने संक्रमण नदेखिएकाे  बताए । यस अघि संक्रमित भएका ती व्यक्ति हाेम आइसाेलेसनमा बस्दै आएकाे भएपनि संक्रमण देखिनु पूर्व परिवारसंगै  बसाेकाेले त्यति बेलै सरेकाे हुनसक्ने मेहताले बताएका छन्   ।