संखुवासभा । संखुवासभामा मंगलबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका प्रवक्त रोशन श्रेष्ठका अनुसार पिलुवा क्वारेन्टाईनमा बसेका २ जना र जिल्ला प्रहरी कार्यालयको क्वरेन्टाईनमा रहेका एक प्रहरी कर्मचारीको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु मध्ये २ जना साउदी अरबबाट फर्किएका थिए र एक प्रहरी कर्मचारी विराटनगरबाट फर्किएकोमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुको यात्रा विवरण खोजि भइरहेको छ । यसअघि ५ जनामा कोरोना पोजेटिभ देखिएको र उनीहरु उपचार पछि घर फर्किसकेका छन् । संखुवासभामा हालसम्म ४ सय ८५ जनाको पिसिआर परिक्षण गरि सकिएको छ ।