ब्लाष्टखबर । विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकालागि आएकी गर्भवती महिलासहित ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वासप्रस्वासकाे समस्या लिएर उपचारकालागी प्रतिष्ठान आएकी धनुषा जिल्लाकी २९ वर्षीय गर्भवती महिला र साेहि जिल्लाबाट पाठेघरकाे अप्रेशन गर्न आएकी अर्की ३५ वर्षीय महिला तथा प्रतिष्ठानकाे बच्चा विभागमा कार्यरत एक नर्समा संक्रमण देखिएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले बताएका छन् ।
उपचारकालागि आएका २ महिलाकाे उपचार अघि पिसिआर परिक्षण गर्दा संक्रमण देखिएकाे थियाे भने नर्समा भने यस अघि एमआइसियुमा कार्यरत नर्सहरुमा संक्रमण देखिएसंगै कन्ट्याक ट्रेसिङका गरी स्वाब संकलनकाे रिपाेर्ट आएकाे सापकाेटाले बताएका छन् ।
संक्रमित सबैलाई काेभिड –१९ अस्पतालकाे आइसाेलेसनमा सारिएको र वार्डलाई सेनिटाइज गरिएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।