धरान  / पछिल्लो २४ घण्टामा नेपालमा १७३ महिलासहित ५८१ जना कोरोना स.क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्षा २७ हजार २ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अाज माेरङ, काठमाडाै र राैतहट गरी तीन जनाकाे मृत्यु भएकाे छ ।  हाल निको भएर १७ हजार ४ सय ९५ जना घर फर्केका छन् ।