ब्लाष्टखबर । कृषि उपज बजारका व्यापारीले भारतबाट तरकारी आयत गरीरहकाे खुलेकाे छ । समुदाय स्तरमा काेराेना फैलिनसुरू गरेसंगै साउन २२ गतेबाट उपमहानगरपालिकाले बहिरबारट तरकारी तथा दुध जन्य बस्तुकाे आयतमा राेक लगाउने गरी लकडाउन घाेषणा गरेकाे भएपनि उपजका आलु  र प्याजका ठूला खाेलसेलर रहेका भारतिय नागरीक चाैधरीले भातरबाट मगाएकाे २ ट्रक आलु तिनकुने नाकामा राेकिए पछि लकडाउनकाे उल्लघन गर्दै भारतबाट तरकारी आयत गरेकाे खुलेका हाे ।

काकडभिट्टा नाका हुदै भित्रीएकाे उक्त २ वटा ट्रक  उपमहानगरपालिकाकाे नगर प्रहरीले ३ दिन देखी तिनकुने नाकामा राेकेर नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले बताएका छन् । भारतीय नम्बर प्लेटकाे उक्त ट्रकमा  चालकमात्र रहेकाे काेइरालाले बताएका छन् ।  काेइरालाका अनुसार चालक भारतीय नागरिक हुन् । 

चाैधरीले यस अघि पनि उपमहानगरपालिकाले घाेषणा गरेकाे लकडाउनकाे उल्लघन गर्दै रातीकाे समयमा धरान बाहिरबाट हरीयाे तरकारी ल्याएर बेच्ने गरेकाे भेटिएकाे काेइरालाले बताएका छन् । उनले भने ' धरान बाहिरबाट तरकारी , दुध कैहि पनि ल्याउन दिएकाे छैन तर भारतबाट आलु ल्याउकाे पाइयाे तीन दिन भयाे हामीले २ वटा ट्रक राेकेर राखेकाे, यस अघि पनि शिवचन्द्रकैबाट १ गाडी हरीयाे तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर वडा कार्यलयकाे समन्यनमा साना व्यापारीहरूलाइ सस्ताेमा बेच्ने गरि दिएका थियाैं । '

चाैधरी धरान १५ भानुमार्गमा बस्दै आएका छन् । उनले भित्र्याएका तरकारीकाे घरबाटै काराेबार गर्नुका साथै साना गाडीमा तरकारी  महगाे मुल्यमा बिक्री गर्ने गरेकाे बताइएकाे छ  । आज पनि चाैधरीले  सेउती पुल नजिकै ट्रक राेकी साना गाडीमा तरकारी खन्याएर धरान भित्र्याउदै गरेकाे भन्ने सुचना आएकाे काेइरालाले बताए  । उनले भने ' हामीलाइ सुचना आयाे हामी त्याे क्षाेत्रकाे निरिक्षणकालागी गएका थियाैं हामी त्यहा पुग्दा केहि भेटिएन । ' 

उपमहानगरपालिकाका अनुगमान अधिकृत वेदप्रकास सापकाेटाेले सुचना आए लगत्तै उक्त सथानमा निरिक्षणकाे लागी जादाँ त्यसस्ताे केहि नभेटिएकाे बताएपनि उनले तिनकुनेबाट खालिगाडी धरान छिरेकाे र त्याे ट्रक कहा गयाे भन्ने नखुलेकाे बताएका छन् । सापकाेटाले आजै धरान १० का रातिकाे समयमा भित्र्याइएकाे तरकारी जफत गरी वडाकाे समन्यनमा सस्ताे दरमा बिक्रीकालागी दिइएकाे बताएका छन् । उनले आगामी दिनमा तरकारी जन्य बस्तुकाे सहजिकरणकाे लागी मेयर लगायत संथ छलफल भएकाे पनि जानकारी गराएकान छन् ।    

चाैधरीले भने कृषि उपजमा मैजदात रहेकाे तरकारीकाे बिक्री गर्न २ दिनकाे समय दिदाँ भन्सारमा रहकाे ट्रककाे बारेमा पनि जानकारी गराउकाे बताएका छन् । उनले ट्रकबाट साना गाडीमा खन्याएर तरकारी धरान नल्याएकाे बताएका छन् । 

अनुगमा अधिकृत सापकाेटाले उपजका व्यापारी अजय गुप्ताकाे  १ वटा रमेश साहकाे १ वटा सहित चाैधरीकाे ५ वटा ट्रक २९ गते राती सम्ममा धरान अाइ सकेकाे भए पनि २ वटा ट्रक भन्सार रहकाे बताएकाे जानकारी दिएका छन् ।

उनले भने  ' २८ गते २९ र ३० गते २ दिन कृषि उपजकाे स्टक बिक्री गर्न दिइने निर्णय भएकाे थियाे व्यापारीहरूले केहि गाडी सामान बाहिर रहेकाेले गाडी नम्बर टिपाउनु भएकाे थियाे २९ गते राती १२ बजे सम्ममा भित्र्याइ सक्नु पर्ने भनेका थियाैं । धेरै गाडि भित्रिए पनि ।  ' उनले राेकिएकाे ट्रकका विषयमा के गर्ने भन्ने निर्णय हुन बाँकी रहेकाे पनि जनकारी गराएका छन् ।