विराटनगर । एकै घरको तीन जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर – ३ मा मृत्यु भएको एक जना वृद्धाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । बृद्धाको छोरा, बुहारी र नातिमा कोरोना संक्रमण पुष्टि भएपनि मृतक वृद्धाको रिपोट नेगेटिभ आएको विराटनगर ३ का वडाअध्यक्ष बिनोद बस्नेतले जानकारी दिनुभयो ।
स्वाश्प्रश्वासमा समस्या र ज्वरो आएका ७८ वर्षीया वृद्धाको शनिबार राती ९ बजे घरमै निधन भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको मृतक वृद्धाको स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोट अनुसार कोरोना नेगेटिभ आएको विराटनगर ३ का वडाअध्यक्ष बस्नेतले जानकारी दिए । परिवारको अन्य तीन जना सदस्य र लक्षण मिल्ने देखिएकोले दुई पटक प्रयोगशालमा गरिएको परीक्षण रिपोट अनुसार नेगेटिभ आएको उनले बताए ।
मृतकका छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरपालिकाले बनाएको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलनमा छन् । बुहारी र नाती घरको होम आइसोलेनमा रहेका छन् । छोरामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक टेसिङ्ग गरि उनको सम्र्पकमा आएका स्वाब संकलन गर्दा श्रीमति र छोरामा कोरोना देखिएको हो ।
बृद्धाका दुई छोरा छन् । संक्रमण पुष्टि भएपछि कान्छा छोरा मंगलबारदेखि आइसोलेसनमा छन् । जेठा छोरा काठमाडौंमा छन् । बृद्धाको स्यहारमा बसेकी वुहारीलाई पनि कोरोना पोजेटिभ देखिएपछि मृतक वृद्धाको शव व्यवस्थापनमा समस्या भएको छ । ‘बृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु मृतकका घरमा संक्रमण सर्ने क्रासले जान सकेका छैनन,’ उनले भने, ‘अहिले शव व्यवस्थापनमा समस्या भएको छ ।’ जिल्ला प्रशासन कार्यालय मोरङमा सर सल्लाह गरि सेनाले शव व्यवस्थापन गरिदिने तयारी भएको वडा अध्यक्ष बस्नेतलले बताए ।