• भूमिराज पराजुली

दमक / चैत ११ गते देखि नेपाल सरकारले घोषणा गरेको लक डाउनमा तरकारी पसल, खाद्यन्न पसल, औषधिका पसल, दुध तथा कृषि उपज सम्बन्धीका पसल आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर खुल्ल गर्न पाइएको थियो । तर दमक नगरपालिकाले गरेको लकडाउनमा उल्लेखित मध्य औषधि पसल बाहेक कुनै पनि प्रकारका पसल तथा उद्योगहरु सञ्चालन गर्न निषेध गरिएको छ । यो निषेध साउन ३२ गते देखि भदौ ६ गतसम्मका लागि गरिएको हो ।

दमकमा साउन ३० गते शुक्रबार एकै दिन ७ जनामा कोरोना भाईरस कोभिड १९ का संक्रमित भेटिएका थिए । सातै जना समुदाय स्तरमा देखिए पछि दमकमा कोरोनाको जोखिम बढेको भन्दै दमकमा कडा रुपको लकडाउन घोषणा गरिएको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार एक हप्ता सम्म नागरिक घरबाट बाहिर समेत निस्कन पाउने छैनन् । बिरामी तथा अति आवश्यक परेमा अनिवार्य वडाको सिफारिस लिएर हिड्न पाइने उनले बताए ।

छिमेकी पालिका पहिलैदेखि लक डाउन भए पनि दमक भने ढिला गरि लक डाउन भएको भन्दै यहाँका व्यवसायीले चिन्ता व्यक्त गरेका थिए । दमक उद्योग वाणिज्य सघंले नगरपालिकाले निर्णय गर्नु अगावै ब्यापारीहरुमा शनिबारदेखि एक हप्ता सम्मका लागि पसल नखोल्न सर्कुलेशन जारि गरीसकेको थियो । सघंका अध्यक्ष गोकुल श्रेष्ठले कोरोनाको जोखिम ब्यापारी मार्फत नै बढ्न सक्ने भएपछि स्व स्फूर्त नै पसल बन्द गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

ठाउँका ठाउँ कार्वाही

शनिबारदेखि भदौ ६ गते सम्म नगरपालिकाले घोषणा गरेको निर्णय जो सुकैले पनि उल्लघंन गरे ठाउँका ठाउँ कार्वाहि गरिने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नावय निरिक्षक बिजयराज पंडितले बताए । बिहान ६ बजे देखिनै जनप्रतिनिधी, ब्यापारीका प्रतिनिधी, प्रहरी प्रशासनको संयूक्त टोलीले निरन्तर अनुगमन गर्ने जनाइएको छ । हरेक दिन नियम पालना भए नभएको बारेमा कम्तिमा ३ पटक अनुगमन गरिने र अनुगमनका क्रममा कसैले उल्लघंन गरेमा ठाउँका ठाउँ जरिवना सहितको कार्वाही गरिने उनले बताए । प्रहरीले कार्वाहि गर्यो, छुटाइदिनु पर्यो भनेर कसलै कसैलाई फोन गर्न नपाउने र यदि त्यासो भएमा स्वंम ब्यक्ति नै जावफदेहि हुने भन्दै उनले कार्वाहिमा कुनै कसुर बाँकी नराख्ने बताएका छन् । यसका लागि उनले नगरको नगर प्रहरी र लखनपुर स्थित शशस्त्र प्रहरी पनि परिचालन गर्न पाउने भएका छन् ।

बिभिन्न ठाउँ सिल

कोरोनाको संक्रमण समुदाय स्तरमै आईपुगेपछि केहि स्थानमा सिल गरिएको छ । दमकमा शुक्रबार एकै दिन ७ जनामा संक्रमण देखिएको हो । ७ जना मध्य ५ जना नेपाल विद्युत प्राविधकरणमा कार्यरत कर्मचारी, एक जना उपचार गराइरहेका नयाँ सब्जीका ब्यापारी  र एक जना होम क्वारेटाइनमा बसेकी महिलामा कोरोना पोजेपटिभ देखिएको दमक नगरपालिकाले जनाएको छ । त्यसैले दमकको विद्युत प्राधिकरण अर्को सुचना नआएसम्मका लागी सिल गरिएको छ । संक्रमित ५ जनाको कन्ट्राक ट्रेसिङ गरेर रिपोर्ट नआएसम्मका लागि सिल गरिने जनाइएको छ । त्यसै गरि दमक ६ स्थित सब्जी बजार र संक्रमित ब्यापारी बस्दै आएको वडा नं ५ स्थित सज्जन टोलको घर पनि सिल गरिएको छ ।

त्यसै गरि दमक ७ निवासी होम क्वारेण्टाईनमा बसेकी महिलामा कोरोना संक्रमण देखिएपछि हनुमान मन्दिर पूर्व गार्डबाध उत्तरमा बस्दै आएकी उनमा संक्रमण देखिएको थियो । संक्रमित बसेको घर पूर्ण सिल गरिएको दमक नगरपालिकाले जारि गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । दमक हाल सम्म १ हजार ३ सय २९ जनाको पिसीआर परिक्षण भै सकेको छ । जसमद्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । २१ मद्ये १४ जना कोरोना जितेर घर फर्किसकेका छन् । अन्यको बिभिन्न कोरोना बिषेश अस्पतालमा उपचार भै रहेको छ ।