विराटनगर / मोरङमा ६४ जनासहित प्रदेश १ मा ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।

संक्रमण देखिएका मध्ये विराटनगरमा ४० जना संक्रमित थपिएका छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिका भित्र ५ जना महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १ ÷१ जनालाई संक्रमण देखिएको छ । 

सुनसरीमा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरि ११ जना, रामधुनीमा पाँच पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । उता ओखलढुङ्गगा, तेह्रथुम र उदयपुरमा १ /१ जनामा संक्रमण देखिएको छ ।