वराहक्षेत्र / दुबै मृगौलाले काम गर्न छोडेपछि बिरामी भएका, वराहक्षेत्र नगरपालिका को कालाबन्जर निवासी निरोज अधिकारीले आफ्नो ज्यान बचाईदिन भनी याचना गरेका छन् ।
नगरपालिकाको वार्ड नम्बर ५ घर भएका ३२ वर्षीय अधिकारीले, तत्काल मृगौला प्रत्यारोपण गर्नु आवश्यक भएकोले उपचारमा लाग्ने ठूलो खर्च आफु संग नभएको भन्दै सहयोगको लागि अनुरोध गरेका हुन् ।
साउन एक गते देखि बिरामी भएका उनले विराटनगरको नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालामा उपचार गराईरहेका छन् ।
हप्तामा दुई पटक उपचार गराउन जानु पर्छ ,परिवारको मुख्य काम गर्ने छोरा रोगले थला परेको छ । उसका ९ वर्ष, ४ वर्ष र १० महिनाको बच्चा छन् , भएको १ लाख ६० हजार रकम पनि सकियो बुबा केशव अधिकारीले बताए ।
निरोजको उपचारको लागि स्थानिय युवाहरुले ‘ निरोज अधिकारी बचाउ अभियान समिति ’ गठन गरेका छन् । समितिमा हाल सम्म ५ लाख २० हजार चन्दा सहयोग जम्मा भएको छ ।
बचाउ समिति लाई स्थानिय जडेज माविको २०६३ सालको एसएलसी व्याचका विद्यार्थीहरुले ६३ हजार रुपैंया सहयोग गरेका छन् ।
यसैगरी वैदेशिक रोजगारीमा रहेको कालाबन्जरका सुमित गौतम र लोक वहादुर नेपालीले कतार वाट २५ हजार ७ सय रुपैंया चन्दा सहयोग उपलब्ध गराएका छन् ।
निरोज लाई सहयोग गर्न बचाउ अभियान कर्ताहरु रन्जिता लम्साल र सृजना लामिछानेको नाम स्थानिय प्रभु बैंकमा रहेको खाता नम्बर १८७०१५२२९०६०००१६ र बुबा केशव अधिकारी र लक्ष्मी रेग्मीको खाता नम्बर १९८७०१३८२६०३०००१६ मा रकम जम्मा गर्न सकिने , वुवा केशव अधिकारीले बताए ।