विराटनगर / मोरङ अदालतका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको कोराना परीक्षण रिपोट अनुसार बिहीबार थप एक जना कर्मचारीको रिपोट पोजेटिभ आएको हो ।

यस अघि मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको अदालतका निमिक्त श्रेस्तेदार तथा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका न्यायधीश होम आइसुलेशनमा छन् ।

न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतमा कार्यरत ५२ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका मध्ये थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिए । आइतबादेखि अत्याआवश्क मात्र सेवा दिने २६ साउनमा मोरङ अदालतका एक जना न्यायाधीशलाई कारोना संक्रमण पुष्टि भएपछि बन्द भएको अदालत आइतबारदेखि खुल्ने भएको छ । अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरेपछि पूर्ण रूपमा सेनिटाइज गरेर एक सातापछि अदालत खुल्ने भएको हो ।

आइतबारदेखि खुल्ने अदालतले अत्याआवश्यक मात्र सेवा प्रभाह गर्ने भएको अदालतका निमिक्त श्रेस्तेदार पौडेलले जानकारी दिए । उनका अनुसार अत्याआवश्यक सेवाहरूमा अभियोग दर्ता भएपछि अदालतमा हुने थुनछेक बहस, पूक्राउ पूर्जी जारी, म्याद थप, १५५ निवेदन र बालवालिका सम्बन्धी निवेदनका सेवाहरू मात्र प्रभाह हुने जानकारी गराए ।

न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतले सुरूमा २६ साउनदेखि २९ सम्म तीन दिन अदालत बन्द हुने सूचना जारी गरेको थियो । बिहीबार थप एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबारदेखि सेवा प्रभावह गर्ने भएको हो ।