विराटनगर/ कोशी अस्पतालको आइसोलेशनमा बिहीबार साँझ मृत्यु भएको विराटनगरका एक जना युवाको दुइ खाले रिपोट आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गराएको परीक्षण रिपोट अनुसार पहिलो रिपोट नेभेटिभ र दोस्रो पोजेटिभ आएको हो । पछिल्लो आएको रिपोटलाई मान्यता दिइने भएकोले कोशीमा मृत्यु भएको ती युवाको कोरोनाकै कारण भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास, उच्च ज्वरो र खोकीको विरामी भइ अस्पताल भर्ना भएका ती पुरूषलाई कोरोनासँग मिल्ने लक्षण देखीएकोले उपचारको क्रममा बिहीबार ४ बजे मृत्यु भएको थियो । मृत्यु भएको पुरूषको बिहीबा राती आएको पहिलो रिपोट नेगेटिभ आएको थियो ।

‘कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका पुरुषको नेभेटि रिपोट आएपछि हामी पनि अचम्मा परिम,’ अस्पतालका प्रवक्ता तथा आइसोलेशन विभागका इन्चार्ज डा. लक्ष्मीनारयण यादवले भने, ‘विरामीको आफन्त र कुरूवासँग सल्लाह गरेपछि हामीले र पुनः स्वाब संकलन गरि परीक्षण गर्न बिहीबार राती प्रयोगशाला पठायौं । शुक्रबार बिहान ७ बजे प्राप्त भएको दोस्रो रिपोटमा धेरै भाइसरस भएको ‘स्ट्रोङ्ग कोरोना पोजेटिभ’ रिपोट आएको डा. यादवले बताए ।

स्वाब संकलन र परीक्षणमा बढी परिश्रम गर्नु परे पनि रिपोर्ट पोजेटिभ आएकाले कोरोना अन्यत्र फैलन सक्ने ठूलो खतरा हटेको उनले बताए । कोरोनाका कारण मृत्यु भएका पुरुषको शव परिवारलाई नदिइकन व्यवस्थापनका लागि मोरङको थलहा ब्यारेकबाट खटिने नेपाली सेनाको विशेष टोलीलाई बुझाउने तयारी गरेको कोशी अस्पतालका सुपरिटेन्डडेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

यता प्रदेश जनस्वास्थ्य प्रयोगशला ल्याबमा सूचना अधिकारी प्रकाश कार्कीले स्वाब संकलनमा प्राविधिक त्रुटि भएकोले दोस्रो पटक पुनः स्वाब संकलन गरि परीक्षण गर्दा रिपोट पोजेटिभ आएको बताए । कोरोनासँग लक्षण मिल्ने सिमटम देखिएकोले हामीले दोस्रो पटक स्वाब संकलन गर्न लगाएर परीक्षण गर्दा रिपोट पोजेटि भएको उनको भनाई छ ।

३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा विराटनगर–९ का दुई, ३, ५ र १० नम्बर वडाका एक/एक जना पुरुष छन् ।