विराटनगर । कोरोना संक्रमणसँग लक्षण मिल्ने एक जना विरामीको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएको छ ।
विराटनगर १५ का ३० वर्षिय पुरूषको उपचारको क्रममा बिहीबार ४:३० बजे मृत्यु भएको हो ।
ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो ११ बजे अस्पतालको आइसोलनमा भर्ना भएका विरामीको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा आइसोलेशन इन्र्चाज डा.लक्ष्मीनारयण यादवले जानकारी दिए ।
‘स्वासप्रश्वासमा समस्या भएपछि हस्पिटलको आइसोलेनमा राखेर उपचार भइरहेको थियो,’ उनले भने, ‘उपचारको क्रमममा मृत्यु भएको छ ।’ कोरानासँग मिल्ने लक्षण पनि मृतकमा देखिएपछि स्वाब संकलन गरि परीक्षण गर्न पठाएको उनले बताए । ‘मृतकको स्वाब संकलन गरि परीक्षण गर्न प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएका छौं,’ डा. यादवले भने, ‘अबको १ घण्टा पछि रिपोट आउनेछ ।’
त्यस्तै, बुधबार वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धनुसा जिल्ला घर भएकी ८५ वर्षीय वृद्ध महिला रहकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले बताएका छन् ।