विराटनगर । मोरङमा ८८ जना सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिला बिहीबार थपिएका हुन् । प्रदेश १ मा बिहीबार थपिएका संक्रमित अहिलेसम्मका धेरै हो । विराटनगर महानगरपालिका भित्र बिहीबार एकै दिन ६० जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । यस्तै मोरङको बुढीगंगा गाउँपालिका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सबै पुरूष छन् । बुढीगंगा देखिएको संक्रमित मध्ये आरती स्ट्रिप्समा काम गर्ने २१ जना रहेका छन् ।
अन्य बुढीगंगा २ का ३ जना र ७ का १ जना रहेका छन् । कटहरीमा तीन जना संक्रमण देखिएको छ । सुनसरीमा १५ पुरुष र ४ महिला गरि १९ जना संक्रमण देखिएको छ । इटहरीमा १० पुरुष, ३ महिला, धरानमा १, बराहक्षेत्रमा १, दुहबी ३ र रामधुनीमा १ मा संक्रमण पुष्टि भएको छ ।
झापाको विर्तामोडमा १ जना, इलामा चार जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ ।