विराटनगर । विराटनगर महानगरपालिका भित्र बिहीबार एकै दिन ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार थपिएको संक्रमित महानगरपालिका भित्र अहिलेसम्मको धरै हो ।
संक्रमित थपिएका मध्ये सबैभन्दा बढी विराटनगर ९ वडाका रहेका छन् । ९ वडामा ५ महिला र ४ जना संक्रमित छन् । यस्तै विराटनगर १२ मा ८ जना पुरूलाई संक्रमण पुष्टि भएको छ । विराटनगर २ मा २ जना, ३ मा ५ जना, ५ मा ४ जना, ६ मा ५ जना, ७ मा २ जना, ८ मा ६ जना, १० मा ४ जना, ११ मा २ जना, १३ मा २ जना, १६ मा १ र १७ मा ४ जना रहेका छन् ।
वडा नखुलेको ५ पुरूष र १ महिला गरि ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा बिहीबार ६० जना थपिएसँगै संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।
कोशी अस्पतालका थप एक जना नर्समा कोरोना पुष्टि
विराटनगरस्थित कोशी अस्पतालका एक जना नर्सलाई बिहीबार कारोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्याबमा गराएको कोरानो परीक्षण रिपोट अनुसार एक जना नर्सलाई कोरोना पुष्टि भएको हो ।
बिहीबार थप एक जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै कोशी अस्पतलामा संक्रमण संख्या १८ पुगेको कोशी अस्पतालका सुपरिटेन्डेन्ड डा. चुमनलाल दाशले जानकारी दिए । उनका अनुसार संक्रमितहरू १ जना चिकित्सक नर्सर कर्मचारी रहेको जानकारी दिए ।