भराैल । बराहक्षेत्रमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। काेराेनाकाे नयाँ संक्रमित भटिएसंगै बराहक्षेत्रमा संक्रमितको संख्या बिहिबार १० पुगेको छ ।
साउन २५ गते ५८ जनाकाे पिसिआर जाचका गरिएकाेमा एक जनामा पोजेटिभ देखिएको बराहक्षेत्र नगर स्वास्थ शाखाका सह इन्चार्ज उमेश मेहताले बताएकान छन् । उनका अनुसार
संक्रमितकाे संख्या पुगेकाे छ ।
संक्रमित बराहक्षेत्र वाड नम्बर ५ सिमरवनका भारतिय सेनामा कार्यरत २५ वर्षिया पुरुष रहेकाे खुलेकाे छ । असार अन्तिम सता भारतबाट घरमा आएका उनि हाेम क्वाइरेटरमा बस्दै आएका थिए ।
अहिले बराहक्षेत्र नगरकाे वार्ड नम्बर २ काे २ जना, ५ काे १ जना, ६ काे १ जना, ८ काे १ जना, ९ काे ४ जना १० काे ५ जना र ११ काे ५ जना गरि १९ जनालाइ माझी संग्रहालयकाे क्वारेन्टाइनमा राखिएको बराहक्षेत्र नगर स्वास्थ्य शाखाले जानकारी दिऐकाे छ । जसमा ३ जना महिला र १६ जना पुरुष रहेको छ भने एक महिलाको ९ महिनाकाे बच्चा समेत रहेकाे मधुवन प्राथमिक स्वास्थ्य चाैकीका अहेव तथा क्वारेन्टाइन स्वास्थ कर्मि विनाेद दाहालले बताए ।