ब्लाष्टखबर । विराटनगरमा थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे महानगरपालिका जनस्वास्थ्य राजेन्द्र कुइकेलले बताएका छन् । उनका अनुसार २४ गते  कोशी अस्पताल विराटनगरमा गरिएकाे परिक्षणकाे बुधबार राती आएकाे रिपाेर्टमा ८ महिला र १९ पुरूषमा संक्रमण पुष्टि भएकाे हाे ।
 
कुइकेलले  संक्रमितहरू मध्याे  विराटनगर– २ का २ जना, ३ का १ जना, ५ का ३ जना, ६ का २ जना, ८ का ५ जना, ९ का ४ जना, १० का २ जना, १२ का ४ जना,  र १७ का ३ जना रहेकाे बताएका छन् । संक्रमितहरू मध्याे धेरै याे भन्दा अघि काेराेना संकेमण पुष्टि भएकाहरूकाे अाफन्त तथा सम्पर्कमा रहेकाहरू रहेकाे उनले बताएका बताएका छन् । 
याे संगै विराटनगरका काेराेना संकेमितकाे संख्या ६९ पुगेकाे छ