ब्लाष्टखबर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आएको विरामी महिलामा कारोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित महिला पेक्रियाज ३६ को अप्रेसनका लागि बीपी प्रतिष्ठानमा आएकी थिइन् । उदयपुर घर भएकी ती महिला साउन २१ गतेदेखि प्रतिष्ठान अगाडीको एक होटलमा बस्दै उपचार गर्ने गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए ।

हिजो स्वाब संकलन गरिएको उनका आज रिपोर्टमा कोरोना संक्रमण देखिएपछि होटलबाटै धरान उपमहानगरपालिकाको समन्वयमा एम्बुलेन्सबाट प्रतिष्ठानको आइसोलेसनमा लगिएको मेहताले बताएका छन् ।

संक्रमित महिला श्रीमानसँग उपचारका लागि धरान आएको मेहताले जानकारी दिए । उनका अनुसार संक्रमित बसेको उक्त होटललाई शिल गरिएको छ ।